हिजै मात्र बी.बी.सी. (http://www।bbc।co।uk/news/world-europe-18121914) मा सुनेको समाचार हो यो: नर्वेको बास्तो भन्ने एक टापूमा
रहेको कारागारमा बस्ने ११४ बन्धिहरुलाई निश्चय नै निकै मानवीय रुपमा सजाय दिइन्छ।
उनीहरुलाई बिना कुनै हतियार निगरानीमा राख्ने ४-५ सुरक्षाकर्मीहरु छन्। उनीहरुले
स्वतंत्रताको अनुभूति गर्न निर्बाध रुपले पाएका छन। त्यो एक नूमना कारगार हो, जसलाई एक स्थानीय नर्वेजियन
समुदायको संज्ञा दिइन्छ। कारागारका गवर्नरले त त्यसलाई criminal’s
holiday camp भन्न
पनि चुकेका छैनन्!
त्यहाँका कैदीले कारागार जीवन पश्चातको एक साधारण जीवन
बिताउन चाहिने सीप र जाँगरको विकास गर्ने मौका पाउँछन्। अनि झनै रोमांचक कुरा त यो
छ कैदीहरुलाई कारागारमा कुनै कैदी-जीवन बिताएको अनुभव नै हुँदैन! उनीहरुलाई त आफू
कुनै ट्रेनिंग प्रोग्राममा आएको
र ट्रेनिंग अवधि समाप्त भएपछि आफूले त्यसको पूर्ण फायदा लिने जस्तो एक अभुतपूर्व अनुभव हुन्छ। हुन पनि हो, समाचारमा उल्लेख भएअनुसार यो कारागार अन्य कारागारको तुलनामा निकै फरक र उल्टो रहेको छ: यहाँका कैदीहरुलाई आफ्नो जीवनको दायित्व आफैंले लिनुपर्छ, आफ्नो जीवनको गाडी आफैंले चलाउनुपर्छ।
र ट्रेनिंग अवधि समाप्त भएपछि आफूले त्यसको पूर्ण फायदा लिने जस्तो एक अभुतपूर्व अनुभव हुन्छ। हुन पनि हो, समाचारमा उल्लेख भएअनुसार यो कारागार अन्य कारागारको तुलनामा निकै फरक र उल्टो रहेको छ: यहाँका कैदीहरुलाई आफ्नो जीवनको दायित्व आफैंले लिनुपर्छ, आफ्नो जीवनको गाडी आफैंले चलाउनुपर्छ।
यस्तैमा मैले हाम्रो देश नेपालको कारागारको अवास्थाबारे
जान्ने एक जमर्को गर्दा यो थाहा पाएँ: सन् २०११को तथ्यांक अनुसार नेपालमा करीब १२,८७५ कैदी करीब ७४ कारागारमा
आफ्नो जीवन बिताईरहेका छन। (http://www।prisonstudies।org/info/worldbrief/wpb_country।php?country=106) तर उनीहरुको कारागार जीवन
माथि दिइएको सुनौलो दृष्टान्त भन्दा निकै फरक छ। (http://www।humanrights।asia/news/forwarded-news/AHRC-FPR-053-2011) कैदी जीवन उनीहरुका लागी
पक्कै अर्को अविशाप साबित भएकोछ होला। हुन त कहाँ यूरोप र कहाँ नेपाल। मैले तुलना
गरेको हस्यासपद नै सुनिन्छ होला। तर के मानवताले पनि संसारभरी अलग-अलग घुम्टो
ओढेको हुन्छ र? के ठाऊँ
अनुसार मनावताको परिभाषा र त्यसको पालना फरक हुन्छ र?
हो, म
मान्छु की कैदीहरूलाई उनीहरूले गरेको गलत कार्यको बोध गराउनु आवश्यक छ। आफूले
गरेको कुकर्मको सजाय त पाउनैपर्छ। तर जे भए पनि उनीहरूले कम्तिमा अमानवीय व्यवहार
सहनुपर्ने कुनै कानूनमा लेखिएको छैन। हिन्दीमा एउटा डाइलोग छ, “कानूनका काम है जूर्मको
मिटाना, मुज्रिमको
नहीं!” (Law should abolish crime, not criminal!)।
यसै प्रसंगमा मलाई जोड्न मन लाग्यो अहिलेको देशको स्थिति।
केही दिन मात्र होइन, केही
हफ्ता यता देशै कारागार बनेको छ। अनि संपूर्ण आम नेपाली जनता त्यसका निमुखा कैदी।
आज मुलुक एक घोर संकटमा छ। दिनहुँको यो बन्द र हड़तालले
निर्दोष मानिस सजायको भागीदार हुन पुगेकोछ। काठमाडौंमा हिजो र आज गरिएको कड़ा
बन्दमा बन्दकर्ताले पत्रकार तथा सर्वसाधारणमाथि गरेको ज्यादती र अत्याचारको जति
भर्त्सना गरे पनि कमै हो। आखिर कहाँ हराए बुद्धका ती शान्तिउपदेश र मंत्र? किन यो देशमा बसोबास गर्ने
विभिन्न जातजातीमा उत्पन्न भएको छ वैमनस्य र घृणा? कसरी ओझेलमा परेको छ हरेक
मानिसको गहना- ‘मानवता’? किन यो देशका मान्छेले
मान्छेलाई मान्छे गन्दैनन्?
कहिले हाम्रो देशका कारागारमा कैदी-जीवन बिताउन बाध्य
कैदीहरूले त्यस्तो मानवीय व्यवहारको स्वाद चाख्न पाउने छन? हामी भित्र सुप्त अवस्थामा रहेको
मानवता नब्युझेंसम्म त सायद कहिले पनि हुन्न।
No comments:
Post a Comment