ए मेरा प्यारा नेपाली मित्रहरू हो,
म आज निकै दुखित छु, चिन्तित छु,
मेरो मर्म बुझ्ने शायदै कोहि होला,
बिन्ती छ, मेरो अस्तित्वलाई बचाउ।
दिनहुको यो बन्द, हड्ताल र चक्काजाम,
के यति धेरै चाहिन्छ र आराम?
६ दिनको भाग्दौद पछि सबैलाई
मेरो न्यान्यो छहारी दिन म खुशीसाथ आइपुग्थेँ,
सबै जना रमाउथे, नाच्थे, खेल्थे,
गेट-टुगेदर गरि मनोरन्जन लिन्थे।
तर अचेल यी सब त मलाई
एकादेशको कथा जस्तो लाग्न थालेको छ,
मेरो महत्व अवश्यै घटेको छ,
मलाई पर्खने अब कोहि छैन जस्तो छ।
हे प्यारा नेपाली बन्धुहरू हो!
मलाई मेरो अस्तित्व फिर्ता दिलाउ,
म फेरि पनि तपाईंहरू कै आँगनमा
रमाउदै आउन पाऊँ।
मेरो यो बिनम्र निवेदन स्वीकार,
अब अरु नेपाल बन्द नगर,
है!
P.S.
२०६८ साल बैशाख ३१ गते शनिबार
नेपाल बन्दको दिन
No comments:
Post a Comment