Friday, May 18, 2012

‘अ’ को श्रृंगार


म आज स्थिर भएको छु
आफैंमाथि विश्वास पलाएको छ
शक्त अनुभव गरेको छु
समयले सायद स्विकारेको छ।

निश्चितता, सन्तुष्टि र सफलता
सबैले धकेलिरहेछ अंधकारतिर
खै, खोज्न त चाहन्छु म
हटाईकन ती सबै।

तर हरेक पाइला अगाडी बढाउॅंदा
अझै अर्को पाइलाको स्थान देख्दछु
जति जति स्थिरतातिर लम्किन खोज्छु
त्यति नै स्थिर भईदिन्छु।

निश्चित त केवल काल हो भन्छन्
तर खै, त्यसमा पनि म देख्छु
एक भयानक निश्चितता
कालै पो आउने हो की, ठेगानै छैन
सायद यही हो- निश्चितताको निश्चितता।

मेरो मन त आज शान्त छ नै
होला, अन्य नेपालीको मन पनि
जतिसुकै प्रिय लागे पनि
कामना छ केवल खण्ड नेपाल कै ।।


No comments: