Thursday, May 17, 2012

काठमांड़ै – हेटौडा सरर !


काठमांड़ैदेखि हेटौडा सम्मको १ घंटे सुरुंग मार्गको न्यूज सुन्दा त निकै खुशी लागेको थियोनेपलीहरूले कहिले देखिन् चिताएको सपनाको बल्ल श्री गणेश हुन थाल्योतर किन किन मनमा एक शंका पनि उत्पन्न भएकोछ।     

नेपालमा कुनै पनि विकासका कामको पछाडी कुनै किसिमको स्वार्थ लुकेको देख्छु।  पक्कै पनि केही न केही स्वार्थ लुकेको हुनुपर्छ यस  Model Project मा पनि।  तर मलाई त्यस स्वार्थसंग कुनै गुनासो छैन।

मलाई डर छ त्यस स्वार्थको जसले यस कल्पनालाई साकार हुनबाट रोक्न सक्छ। मेरो प्रसंग अवश्य पनि कपोलकल्पित छैन।  

सुकुम्बासीहरुलाई हिमाल सीमेंट फाक्ट्रीमा बसोबसको व्यवस्था गर्ने सरकारको निर्णयका विरुद्ध उत्रेका स्थानीय नेपाली जनताको स्वार्थ त्यो निर्णय कार्यान्वयन नहुनुमा नै थियो। अनि अहिले सम्म नेपालमा भारतबाट पेट्रोलियम पदार्थ आयतलाई सुलभ बनाउने पाइपलाइनको महत्वाकांक्षी प्रोजेक्ट पनि त कुनै एक interest group (खास गरेर टेंकर ढुवानी मजदुर)कै स्वार्थ का कारण पूरा हुन नसकेको हो।  हामीले भोगिराखेको यो चरम crisisको अवस्था पनि देशमा बसोबास गरिरहेका विभिन्न जातजाती र समुदायका मानिसहरुको vested interestकै उपज हो।  सायद यस बाट पनि कोही नेपाली अनविज्ञ नहोलान्। यस्ता अनगिनती उदहारणहरु हुन सक्छन्।

यस्तैमा मेरो मनमा उठेको प्रश्नको उत्तर मैले पाउन खोजेको छु।  के तत्कालको काठमांड़ैदेखि हेटौडा सम्मको यो ६ घंटाको बाटोमा आफ्नो जीविकोपार्जन चलाउँदै गरेका व्यवसायी (होटेल व्यवसायी, गेस्ट हाउस व्यवसायी आदि इत्यादी)हरुको निहित स्वार्थले यो प्रोजेक्ट कार्यान्वयनमा अवरोध नपुग्ला र?

होला, यो प्रोजेक्ट आफैंमा यति शक्तिशाली छ की यसलाई अब रोक्ने हिम्मत शायदै कुनै समुदायमा होला (तर कुनै नेता वा पार्टीमा भने हुनसक्ला)।  उनीहरुसंग मेरो कुनै निजी रिसइबि छैन।  तर के उनीहरु खुशी होलन् त यो अरबौंको प्रोजेक्ट निर्णयले? अवश्य उनीहरुले न्यायोचित फैसला पाउनुपर्छ।

तर के उनीहरुको सुविधाका निम्ति विकास निर्माणका काममा तगारो पुग्नु संपूर्ण देशवाशीका निम्ति न्यायोचित हुनेछ?

अब मेरो मूल तात्पर्यमा प्रवेश गर्न चाहन्छु।

सायद त्यस विकासले अन्य अनेक अवसरहरुको बाटो पो खोल्ने हो की? हामी केवल आफ्नै comfort zoneमा बाच्न चाहन्छौं। कुनै किसिम को परिवर्तन प्रति हाम्रो दृष्टिकोणले किन नकारात्मक दिशा लिन्छ?

अवश्य यस प्रोजेक्टले पनि अनेकन सकारात्मक परिवर्तनलाई स्वागत गर्नेछ। केवल जरुरत छ त्यस सुनौलो अवसरहरुलाई देख्ने आखांहरुको। नेपालीले आम नेपालीकै भलोमाथि तगारो हाल्ने नियतिमाथि अब रोक अपरिहार्य छ।

No comments: